• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १ : ३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।