• २०८३ असार १३
  • 2026 June 27, Saturday

धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत (नामावलीसहित)

काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत भएको छ। एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ।

पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठको मृत्यु भएको हो।

अन्य मृतकको पहिचान खुलिसकेको छैन।

दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। १० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।