• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धादिङ बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ ।

आइतबार राति पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १२३१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमाग सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

सनाखत भएका मृतकहरूको विवरण

– स्टेवार्ट डोमिनिक इथान, २४ वर्षीय, बेलायती नागरिक

– विवेक बस्तोला, ४० वर्ष, पोखरा महानगरपालिका–३०, कास्की

– चन्द्रबहादुर कुँवर, ६३ वर्ष, नागार्जुन नगरपालिका–६, काठमाडौं (स्याङ्जा निवासी)

– ओमकुमार मल्ल, ४० वर्ष, व्यास गाउँपालिका–४, तनहुँ

– इन्जिनियर ठकुरी, ३० वर्ष, त्रिपुरासुन्दरी गाउँपालिका–४, धादिङ (साबिक सल्यानकोट–८)

– विष्णुमाया ढकाल, ५५ वर्ष, मालेबगर, शुक्लागण्डकी गाउँपालिका–७, तनहुँ

– लोप्साङ गोले, ४२ वर्ष, बौद्ध टुसाल, काठमाडौं

– हरिप्रसाद सिग्देल, ४६ वर्ष, भिमान नगरपालिका–६, तनहुँ

– नवीन्द्र श्रेष्ठ, ५५ वर्ष, तानसेन नगरपालिका–२, पाल्पा

– रुद्रप्रसाद ढकाल, ६३ वर्ष, शुक्लागण्डकी गाउँपालिका–७, तनहुँ

– अर्चना पौडेल, २० वर्ष, शुक्लागण्डकी गाउँपालिका–२, तनहुँ

– अञ्जली क्षेत्री, २१ वर्ष, चाउथे, पोखरा–१४, कास्की

– रोहित नेपाली, २१ वर्ष, माछापुच्छरे गाउँपालिका–३, कास्की

– घनश्याम सुवेदी, ४५ वर्ष, पुतलिबजार नगरपालिका–६, स्याङ्जा

– अनिशा महर्जन, ३३ वर्ष, बुद्धनगर–३२, काठमाडौं

– हीरा चौधरी, २७ वर्ष, उर्लाबारी–१, मोरङ

– सुजित नेपाली, २६ वर्ष, पोखरा–१९, कास्की

– मनिष शुक्ला, ३२ वर्ष, बहराईच, उत्तर प्रदेश, भारत

– चिनियाँ नागरिक, ४० वर्ष