सिरहा । गोलबजार नगरपालिका–२ गुरु धाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । टिप्परको हाइड्रो लिक ढाला उठाउने क्रममा ११ हजार भोल्टको हाइटेन्सन विद्युत् लाइनमा ढाला छोइएपछि करेन्ट लागेर टिप्पर चालकको ज्यान गएको हो ।
प्र–२–०१–००१ का ००४५ नम्बरको टिप्परका चालक सन्तोष कुमार साहले गाडीको ढाला उठाउने क्रममा माथि रहेको हाइटेन्सन लाइनमा टच हुन पुगेको थियो । करेन्ट लागेपछि गाडीमा आगोसमेत लागेको स्थानीयले जानकारी दिएका छन् ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने प्रहरी र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ । यस घटनाले विद्युत् लाइन नजिक काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः एक पटक स्मरण गराएको छ ।