• २०८३ असार १३
  • 2026 June 27, Saturday

इरानको विद्यालयमा इजरायली आक्रमण : ४० छात्राहरूको मृत्यु

काठमाडौं। इजरायलले शनिबार इरानको राजधानी तेहरान लगायत विभिन्न शहरहरूमा आक्रमण गरेको छ।

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सीका अनुसार, यी आक्रमणहरूमा दक्षिणी इरानमा ४० छात्राहरूको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी ४० छात्राहरूको मृत्यु भएको हो।

यसको जवाफमा इरानले पनि इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको छ। मिडिया रिपोर्टअनुसार, इरानले करिब ४०० वटा मिसाइल प्रहार गरेको छ।

इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको बताइएको छ। साथै, संयुक्त अरब इमिरेट्सको सबैभन्दा बढी जनसंख्या भएको शहर दुबईलाई पनि लक्षित गरिएको उल्लेख छ।