• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, सेक्युरिटी गार्डमा कार्यरत थिए

काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।

सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ। उनी मिडिल इस्ट कम्पनीमा कार्यरत थिए।

घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ। उनको पार्थिव शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको छ।

यससँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।