• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ २०८३ सालको सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । २०८३ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ।

०८३ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदा सम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।

राजपत्रमा प्रकाशित सूचना अनुसार, आउँदो वर्ष शनिबार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा परेको छ। कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ।

फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गरेको थियो। सरकारले गरेको बिदाबारे निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।