• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा मतदानमा आएनन् स्थानीय !

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा स्थानीयले मतदान बहिस्कार गरेका छन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि कोहि मतदाता नआएको मतदान अधिकृत प्रवासी राईले जानकारी दिएकी छन् ।

सो केन्द्रबाट केन्द्रमा खटिएका चार कर्मचारीले समानुपातिकतर्फ मात्र मतदान गरेका छन् ।

स्थानीयले हर्कपुरमा प्रादेशिक अस्पताल नबनेकोमा असन्तुष्टि जनाउँदै मतदान बहिस्कार गर्ने सामुहिक निर्णय गरेका थिए ।

यस केन्द्रमा कुल मतदाता महिला ३२९ र पुरुष ३७२ गरेर ७०१ मतदाता रहेका छन् ।