• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रारम्भिक मतपरिणाम : काठमाडौंको १, ७, ८ र १० मा रास्वपाको अग्रता

काठमाडौं । काठमाडौं उपत्यकाका निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन्।

हालसम्म सार्वजनिक प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं ३ बाहेक अन्यत्र रास्वपाकै अग्रता छ।

काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शनाले १३२७ मत पाउँदा नेपाली कांग्रेसका प्रबल थापाले १०८९ मत ल्याएका छन्। राप्रपाका रबिन्द्र मिश्रको ६४४ मात्र छ।

क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुलीले ७२१ मतका साथ अग्रता लिंदा प्रतिस्पर्धी रहेका कांग्रेसका प्रमोदहरी गुरागाईको १६६ मात्र छ।

त्यस्तै, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले १७१४ मत लिएर अग्रता कायम गर्दा प्रतिस्पर्धी कांग्रेसकी सपना राजभण्डारीको २०७ मात्र छ।

काठमाडौं १० पनि रास्वपाको ठूलो अग्रता छ। रास्वपाका प्रदिप बिष्टले १२४३ मत पाउँदा कांग्रेसका हिमाल कार्कीको २४६ मात्र मत छ।

काठमाडौं क्षेत्र नम्बर ३ मा भने उज्यालो नेपाल पार्टीका कुलमान घिसिङको अग्रता छ।