• २०८३ असार १४
  • 2026 June 28, Sunday

भक्तपुर २ मा महेश बस्नेतको सुरुवाती अग्रता

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।

बिहीबार सम्पन्न चुनावको प्रारम्भिक मतगणनामा बस्नेतले २ सय ४२ मत ल्याएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले २ सय १८ मतले पछ्याएका छन्।

नेपाली कांग्रेसका कविर राणाको ३२ मत आएको छ। त्यस्तै, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २२ मत ल्याएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटाले अहिलेसम्म एक मत ल्याएका छन्।