• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भक्तपुर–२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले उछिने महेश बस्नेतलाई

भक्तपुर । भक्तपुर–२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् । खत्रीले १४ सय मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १२ सय मत प्राप्त गरेका छन् ।

यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले १७१ मत पाएका छन‍् ।

नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८, राप्रपाका विक्रम थापाले ३५, श्रम संकृति पार्टीका अर्जुन बासुले १५ र उज्यालो नेपाल पार्टीका जित राम लामाले ३७ मत प्राप्त गरेका छन् ।