• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

रुपन्देही- २ मा रास्वपाका सुलभको ५ हजारभन्दा बढी मतको अग्रता

बुटवल । रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलले फराकिलो अन्तरको अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुलभले ७ हजार १४८ मत प्राप्त गरेका छन् । उनी एमालेका विष्णु पौडेल भन्दा ५ हजार ४८९ मतले अगाडी रहेका छन् ।

त्यस्तै, नेकपा एमालेका विष्णु पौडेलले १६५९ र नेपाली काँग्रेसका चुन्न प्रसाद शर्माले ७३४ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपाका सुभाष पाण्डेले ३१६ मत प्राप्त गरेका छन् ।