• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता

काठमाडौँ । जुम्लामा मतगणना शुरु भएको छ ।

प्रारम्भिक मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता लिएका छन् ।

चार सय मत गणना गर्दा शाहीले १८२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले १२९ मत काँग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै रास्वपाकी विनिता कठायतले ४ मत प्राप्त गरेकी छन् ।