• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यी हुन् काँग्रेसले अग्रता लिएका ७ क्षेत्र

काठमाडौँ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिटमा जित हासिल गरेको छ भने अन्य ५१ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेस ७ क्षेत्रमा अगाडि रहेको छ ।

प्राप्त पछिल्लो अपडेट अनुसार काँग्रेस ललितपुर- १, मुस्ताङ, कपिलवस्तु- ३, रसुवा, कैलाली- १, कैलाली- २ र सुर्खेत- २ मा अगाडि रहेको छ ।

त्यस्तै एमाले ४ स्थानमा, नेकपा ३ स्थानमा तथा राप्रपा र श्रम संस्कृति पार्टी एक एक स्थानमा अगाडि रहेको छ ।