• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दाङ- २ मा रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि

काठमाडौँ । दाङ- २ को मतगणना शुरु भएको छ ।

प्रारम्भिक मतगणनाको अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्यले फराकिलो अग्रता लिएका छन् । आचार्यले २४२९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका किरण किशोर घिमिरेले २८७ र नेकपाका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन् ।