काठमाडौँ । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।
पछिल्लो मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २१०२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले ९७२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, काँग्रेसका दीपबहादुर शाहीले ४९६ मत र एमालेका शान्तिलाल महतले २१२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, देशभर लहर आएको रास्वपालाई भने जुम्लामा २९ मत मात्र प्राप्त भएको छ । रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी छन् ।