• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनसरी- १ मा रास्वपाको शुरुवाती अग्रता, हर्क साम्पाङ पछाडि

काठमाडौँ । सुनसरी- १ को मतगणनाको प्रारम्भिक अपडेट आएको छ । यस क्षेत्रमा रास्वपाकी गोमा तामाङले शुरुवाती अग्रता हासिल अग्रेकी छन् ।

तामाङले ४६१ मत प्राप्त गरेकी छन् । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले १५४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अहिलेसम्म ९२४ मत गणना गरिएको छ भने सदर मत ८८७ र ३७ मत बदर भएका छन् ।