• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडि

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडि आएको छ ।

पछिल्लो मतगणना अपडेट अनुसार श्रम संस्कृति धनकुटा– १, इलाम– २, पाँचथर, उदयपुर–२, भोजपुर–१ र खोटाङमा अगाडि रहेको छ ।

सुनसरी– १ मा उम्मेदवार बनेका हर्क साम्पाङ भने रास्वपाकी गोमा तामाङ भन्दा धेरै पछाडि रहेका छन् ।

पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले १०१५ मत प्राप्त गरेकी छन् भने साम्पाङले ३०३ मत प्राप्त गरेका छन् ।