• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चितवन- २ बाट रवि लामिछाने विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन- २ बाट शानदार मतसहित विजयी भएका छन् ।

लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका हुन् । लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी बएका छन् ।

त्यस्तै, नेपाली काँग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् भने एमालेका अस्मिन घिमिरले ६ हजार ९९२ मत प्राप्त गरेका छन् ।

योसँगै रास्वपाले अहिलेसम्म २० सिटमा जित हासिल गरेको छ भने रास्वपा अझै ९७ स्थानमा अगाडी रहेको छ ।