• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

समानुपातिकमा कसले कति मत पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २ लाख ११ हजार ७२ मत गणना भएको छ ।

जसमा रास्वपाले एक लाख १४ हजार ४४७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४.२ प्रतिशत रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले ३५ हजार १४५ मत अर्थात १६.६ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले २५ हजार ९०७ अर्थात् १२.२७ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले १० हजार १६२ मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले ८ हजार ६९२ मत प्राप्त गरेको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीले ६००२ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले ३५५५ मत प्राप्त भएको छ ।