काठमाडौँ । अछाम- १ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल पराजित भएका छन् ।
यस क्षेत्रबाट नेपाली काँग्रेसका भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गर्दै विजयी भए । स्वारले रावललाई ५१८ मत अन्तरले पराजित गरेका छन् ।
रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् । त्यस्तै, यस क्षेत्रमा एमालेका दिपक बहादुर साउदले ७ हजार ३८९ मत प्राप्त गरेका छन् ।