• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राप्रपाको खाता खुल्यो : जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी कठायतको जमानत जफत

काठमाडौँ । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली काँग्रेसका दीप बहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, देशभर लहर आएको रास्वपालाई भने जुम्लामा केवल ४२१ मत मात्र प्राप्त भएको छ ।

रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी थिइन् । उनको जमानत जफत भएको छ ।