• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनसरी- १ मा हर्क साम्पाङले बढाए अग्रता

काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले १४ हजार ३५ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी गोमा तामाङले ८ हजार ८९० मत प्राप्त गरेकी छन् ।

साम्पाङले हालसम्म ५१४५ मतले अग्रता बनाएका छन् ।

त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले २२४२ मत पाएका छन् भने नेकपा एमालेका टिकाराम लिम्बुले १९४९ मत र नेपाली काँग्रेसका १४३९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अहिलेसम्म १३ हजार ६०३ मत गणना गरिएको छ भने सदर मत १२ हजार ८९८ र ७०५ मत बदर भएका छन् ।