• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्त्येष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरिरलाई पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

अन्त्येष्टि क्रममा उनका छोरा एवं एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दागबत्ती दिएका थिए । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो ।