• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

खोटाङमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा काठमाडौंबाट शव लिएर गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

उक्त हेलिकप्टर ल्याण्डिङ भैसकेपछि अर्को ठाउँ थोरै सार्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।