काठमाडौं । पश्चिम एसियाका विभिन्न देशमा अहिलेसम्म २० नेपाली घाइते भएका छन् ।
परराष्ट्र मन्त्रालयले अहिलेसम्म इरान युद्धका कारण विभिन्न देशमा एक जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ । अहिलेसम्म घाइते २० जना मध्ये १९ जना उपचारपछि फर्किएको र एक जनाको उपचार जारी रहेको परराष्ट्रले जनाएको छ । उपचारत एक जना पनि सामान्य घाइते रहेको उल्लेख गरेको छ ।
त्यस्तै, पश्चिम एसियाका देशहरुमा सामाजिक सञ्जालमा विभिन्न निषेधित सामाग्री शेयर गर्ने ७ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले उनीहरुलाई सम्बन्धित देशको कानुन अनुसार कारवाही हुने जानकारी प्राप्त भएको बताउँदै उनीहरुलाई एक बर्षको जेल सजाय, नगद जरिवाना र डिपोर्टसम्म हुनसक्ने उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालय पश्चिम एसियाका देशले युद्ध बारे सामाजिक सञ्जालमा लेख्न कडा प्रतिबन्ध लगाएकोले त्यसो नगर्न सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयले अहिलेसम्म पश्चिम एसियाका देशमा कुनै नेपाली नागरिक अलपत्र परेको अवस्थामा नरहेको स्पष्ट गरेको छ ।