• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

होर्मुज क्षेत्रबाट एक नेपाली इरानको नियन्त्रणमा

काठमाडौँ । इरानले होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको छ ।

परराष्ट्र मन्त्रालयले होर्मुज क्षेत्रबाट इरानले एक नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ ।

होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएकाे थियाे। साेहि क्रममा उनी पनि परेको जनाइएको छ ।

साथै, हाल इरानमा कुल ११ नेपाली रहेको पनि परराष्ट्रले जनाएको छ ।

त्यस्तै, परराष्ट्रले हालसम्म पश्चिम एसियाका विभिन्न देशमा इरान युद्धका करण एक जना नेपालीको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ ।