काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीका नवनिर्वाचित सांसदहरुलाई बेग्लै बेलाएर बधाई दिएको छ ।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आज कार्यक्रम गरिएको छ ।
धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा देउवा पक्ष र कोइराला पक्षका नेताहरु उपस्थित रहेका छन् ।
देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको बैठक पनि बोलाएको छ । बैठक मंगलबार र बुधबार बस्ने बताइएको छ ।








