• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने

काठमाडौं । मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए ।

उनले आजदेखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक स्तरोन्नतिको काम तीव्र रुपमा गर्ने जानकारी दिएका हुन् ।

उनले भने,‘अहिले चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेको छ । त्यही कारणले आजदेखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरेर तीव्र रुपमा काम अगाडि बढाउन लागेका हौं ।’

त्यस्तै, उनले पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको पनि जानकारी दिए ।