• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भोलीदेखि एसइई परीक्षा : ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । यस वर्षको एसइई परीक्षा भोली बिहीबारबाट सुरु हुँदै छ । यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी बोर्डले जनाएको छ । जसमध्ये टेक्निकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परीक्षा दिन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रूपमा परीक्षा भएको छ ।