काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाबाट सम्बन्धन प्राप्त ५६ कलेजलाई लिएर कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्रालयले सोमबार अनुमति प्रदान गरिएका कलेजहरूको विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार त्यसरी अनुमति प्राप्त गर्ने कलेजहरूमध्ये अधिकांशले युके र मलेसियाका विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन प्राप्त गरेका छन् । यसबाहेक, भारत, अमेरिका, अस्ट्रिया र थाइल्यान्डका विश्वविद्यालयबाट समेत सम्बन्धन लिइएको छ ।
स्नातक र स्नातकोत्तरका लागि अनुमति पाएका यी कलेजहरूले सूचना प्रविधि, व्यवस्थापन, हस्पिटालिटी, फेसन डिजाइन, इन्टेरियर डिजाइन, एनिमेसन लगायतका कोर्सहरू पढाउने उल्लेख छ ।
विदेशी सम्बन्धन प्राप्त कलेजहरूको विवरण :