• २०८३ असार ११
  • 2026 June 25, Thursday

केपी ओलीको ‘गुण्डु निवास’ मा प्रहरीको छापा

काठमाडौँ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा प्रहरीले छापा मारेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि प्रहरीको टोलीले उनको निवासमा छापा मारेको प्रहरी स्रोतले बताएको छ। आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका ओलीमाथि अब आर्थिक अनियमितताको विषयमा पनि अनुसन्धान सुरु गरिएको बुझिएको छ।

यसअघि, गएको आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरेको थियो। त्यसपछि तीन पूर्वप्रधानमन्त्री (केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा) विरूद्ध पनि अनुसन्धान सुरू गरिएको कुरा बाहिर चर्चामा आएको थियो ।