काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन् ।
दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी, नगरपालिका–१ बाट सोमबार नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।