• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र पढेर सुनाउने, बार्षिक प्रतिवेदन पेश गर्ने र केहि व्यवस्थापन कार्य कार्यसूचीमा रहेका छन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्ताव गर्ने तथा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।