• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बादलप्रति व्यंग्य गर्दै योगेश भट्टराईले लेखे कविता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी भित्र अहिले चलिरहेको विवादका बारेमा व्यंग्यात्मक कविता लेखेका छन् ।

उनले कवितामा पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलमाथि व्यंग्य गरेका छन् । उनले वादल मडारिएपछि मुसलधारे वर्षा भएको, जबज निथ्रुकै भिजेको र आफुहरु हेरेको हेर्यै भएको उल्लेख गरेका छन् ।

योगेशले कवितामार्फत भनेका छन्:

वादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुकै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !

एमालेमा संसदीय दलका नेता समेत रहेका बादलले केहि दिनअघि संसदमा दिएको भाषणका कारण विवाद उत्पन्न भएको छ । बादल अभिव्यक्ति सचिवालय बैठक बसेर सच्याएपनि एमालेको विवाद रोकिने संकेत देखिएको छैन । विवादका बीच एमालेमा विशेष महाधिवेशनको माग गर्न हस्ताक्षर अभियान समेत चलाइएको छ ।