• २०८३ साउन ३
  • 2026 July 19, Sunday

प्रधानमन्त्री बालेनले स्वास्थ्य मन्त्री मेहतालाई गराए सचेत

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य बीम बोर्डको सदस्यमा निष्क्रिय रहेकी श्रममन्त्री दीपककुमार साहकी पत्नीलाई पुन: सक्रिय बनाएको भन्दै मन्त्री मेहतालाई सचेत गराएका हुन् ।

यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति रवि लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष गरेको सिफारिसका आधारमा मन्त्री मेहतालाई सचेत गराएका हुन् ।