• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लेबनानको बिन्त जुबैल सहर कब्जा गर्ने प्रयासमा इजरायल

काठमाडौँ । इजरायलले दक्षिणी लेबनानमा आफ्नो स्थल सैन्य कारबाही थप तीव्र बनाएको छ ।

पछिल्ला विवरणअनुसार इजरायली सेना लामो समयदेखि बिन्त जुबैल सहरलाई घेराबन्दी गर्ने प्रयासमा रहेको छ र आसपासका पहाडी क्षेत्र तथा गाउँहरूमा नियन्त्रण जमाउने कोसिस गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेना सहरको बाहिरी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको बताइएको छ । सोही क्षेत्रमा रहेको लडाकु समूह हिजबुल्लाहले भने त्यहाँ रहेका इजरायली सैनिकलाई निशाना बनाएको दाबी गरेको छ ।

हिजबुल्लाहले पछिल्लो २४ घण्टामा ५० भन्दा बढी आक्रमण गरेको जनाएको छ । तीमध्ये धेरैजसो आक्रमण इजरायलको सीमाभित्रै गरिएको दाबी गरिएको छ ।