• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पूर्णबहादुर खड्काले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएको बैठक आज धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्ने बताइएको छ ।

बैठकमा देउवा पक्षको सर्वोच्च अदालतको आदेशपछिको रणनीतिको विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने पनि बताइएको छ ।