• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ८ सयले घटेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार चाँदी तोलाको ५१६० मा कारोबार भएको थियो ।