काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।
उनीहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिन हिरासतमा राख्न समय माग गरेको थियो।
विभागले उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएको बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसुरको अनुसन्धान भइरहेको पनि उल्लेख गरेको छ।
राय प्रतिवेदन तयार गर्नका लागि माग गरेको हुँदा अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।