• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गगन आफ्नै टिमबाट सतर्क रहनुपर्छ : वर्मा लामा

नेपाली काँग्रेसका दोलाखा जिल्ला सभापति वर्मा लामाले सभापति गगन थापालाई आफ्नै समुहका नेताहरुबाट सजग रहन सुझाव दिएका छन् ।

हेटौडामा सम्पन्न बाग्मति प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले शेर बहादुर देउवालाई उनकै समूहबाट अफ्ट्यारो परेको उदाहरण दिंदै गगनलाई पनि त्यो खतरा देखिएकोतर्फ सचेत गराए ।

विगतमा सुशील कोइराला पनि आफ्नै समूहका नेताहरुबाट अफठ्यारोमा परेको स्मरण गर्दै उनले गगनले पनि त्यो परिणति भोग्ने स्थिति आउनसक्ने उनले बताए ।

काँग्रेस नेताहरूले निर्वाचन समीक्षाका नाममा टिकट प्राप्ती र कुन्ठा प्रदर्शनलाई मात्र विषय बनाएको आरोप लगाउँदै उनले काँग्रेस फाली बिनाको हलो जस्तो भएको टिप्पणी गरे ।

काँग्रेसमा एकताको भावना जागृत गराउँदै सबै जातजाति र समुदायलाई मिलाएर लैजान उनले सभापति थापालाई सुझाव दिए ।