• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन चाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले घटेर ५०२० मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार चाँदी तोलाको ५१३० मा कारोबार भएको थियो ।