• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको २२ सयले घटेर तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहीबार सुन तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ ।

यसअघि विहीबार चाँदी तोलाको ५०२० मा कारोबार भएको थियो ।