• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुकुम्बासी बस्ती भत्काउन जारी (फोटोफिचर)

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका अनधिकृत टहराहरू भत्काउने क्रम जारी छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले बिहानैबाट डोजर परिचालन गरेको हो ।

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीले सहयोग गरिहेका छन् ।
सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

विगतमा जस्तो झडपको स्थिति सिर्जना हुन नदिन प्रशासनले सतर्कता अपनाएको छ। रोचक दृश्य त के छ भने, बस्ती खाली गराउन पुगेका सुरक्षाकर्मीहरूले नै स्थानीयलाई उनीहरूका घरभित्रका सामान, लत्ताकपडा र खाद्यान्न सुरक्षित रूपमा बाहिर निकाल्न र बोक्न सहयोग गरिरहेका छन् ।