• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५०४५ मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार चाँदी तोलाको ४९९५ मा कारोबार भएको थियो ।