• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कांग्रेसको संसदीय दलको नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वको कार्यदलले आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले बनाएको कार्यदलले एकताको सन्देश जाने निस्कर्षसहित सर्वसम्मत नेता चयन गर्ने निर्णय गरेको हो ।

आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेसहित, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए ।