• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएको छ ।

काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सिटौलालाई हटाएर कमला देवी पन्तलाई राष्ट्रिय सभाको संसदीय दलको नेता चयन गरेका छन् ।

उनले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा पन्तलाई मनोनयन गरेको जानकारी दिएका हुन् ।

त्यस्तै, प्रतिनिधि सभामा दलको उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनयन गरेका छन् । त्यसैगरी, आङदेम्बेले प्रतिनिधि सभामा काँग्रेसको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको जानकारी दिएका छन् ।