• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

लिपुलेक नेपालको भुमि हो भन्नेमा सरकार प्रतिबद्ध छ : प्रवक्ता पोखरेल

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले लिपुलेक नेपालको भुमि हो भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले लिपुलेक हाम्रो भुमि हो भन्नेमा प्रष्ट रहेको बताउँदै भारतले पनि छलफलबाट समस्याको समाधान गर्ने भनेकोले त्यसै अनुसारनै समस्याको समाधान गर्न तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्- यसमा नेपाल सरकार प्रतिबद्ध छ, परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको छ, भारत सरकारले पनि सहकार्यबाट निकास निकाल्नुपर्छ भनेको छ । नेपाल सरकारको पनि सिमाना विवादमा नेपालको भूमि हो भन्नेमा प्रतिबद्ध छ, बाँकी दुई सरकारबीच कुरा गरेर समाधान गर्ने विषय हो ।

यो पनि पढ्नुहोस् ।

लिपुलेक विवाद : नेपालको दाबीलाई भारतले गर्‍यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा