• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतका न्यायाधीश डा। मनोज शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद्‌को बैठकले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

उनले कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै श्रम कानूनमा विद्यावारिधि (पिएचडी) गरेका छन्।

शर्मा नेपालको न्यायिक इतिहासमा ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।

२०२७ असार ४ मा पर्सामा जन्मिएका शर्माले करिब ६ वर्ष अर्थात् २०८९ वैशाख न्यायलयको नेतृत्व गर्नेछन् ।