• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

सरकारले फिर्ता ल्यायो ७०१ वटा सरकारी गाडी, कुन निकायबाट कति ?

काठमाडौं । सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासकहरूले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबारसम्म विभिन्न ३४ वटा निकायबाट ती सवारी साधनहरू फिर्ता ल्याइएको हो।

फिर्ता गरिएका गाडीहरूमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयका १२४ वटा रहेका छन्। त्यस्तै, सहरी विकास मन्त्रालयअन्तर्गतका ७५ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ६४ वटा गाडी फिर्ता भएका छन्।

राज्यको ढुकुटीमाथि हुने फजुल खर्च कटौती गर्दै प्रशासनिक अनुशासन कायम गर्ने र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले यो अभियान चलाएको हो। फिर्ता गरिएका यी गाडीहरू अब आवश्यकता अनुसार सरकारी काममा परिचालन गरिने वा व्यवस्थापन गरिने बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार फिर्ता भएका गाडीको विवरण यस प्रकार छ: